बङ्गलादेशसँग बराबरी खेल्दै नेपाल त्रिदेशीय फुटबलको फाइनलमा
नेपालखोज
२०७७ चैत १४ गते १९:४६

काठमाडौं । नेपाल त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बङ्गलादेशसँग गोलरहित बराबरीमा रोकिए पनि नेपाल किर्गिस्तानलाई पछि पार्दै फाइनलमा पुगेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै मौका पाए पनि सदुपयोग गर्न सकेन । खेल अवधिभर नेपालले बङ्गलादेशलाई दबाबमा राख्दै पटक-पटक पोष्टमा प्रहार गरे पनि गोल गर्न भने असफल रह्यो ।

यसअघि बङ्गलादेशसँग हारेको र नेपालसँग बराबरी खेलेको किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल र बङ्गलादेशबीचको फाइनल खेल १६ गते सोमवार हुनेछ ।


सम्बन्धित
प्रतिक्रिया