कांग्रेस स्वर्गीय नेता नवीन्द्रराज जोशीको दाहसंस्कार

नेपालखोज २०७७ चैत १४ गते १९:४९

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको अहिले दाहसंस्कार गरिएको छ ।

उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको हो । पशुपति आर्यघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।

यसअघि जोशीको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिएको थियो । नेपाली कांग्रेसका नेता कार्यकर्ता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत विभिन्न दलका नेता शुभचिन्तक जोशीलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका थिए ।

प्रतिक्रिया