सिन्धुलीमा हात्तीको आक्रमणबाट एकको मृत्यु
नेपालखोज
२०७७ चैत १५ गते १७:०१

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-३ स्थित कालिपानीमा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेको प्रहरीले जनाएको छ । गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको हो ।
हात्ती बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया