नेत्र एटमको कवितासंग्रह ‘प्रिय मौनता’ विमाेचित
नेपालखोज
२०७७ चैत १६ गते ११:०२

काठमाडाैं । कवि तथा समालोचक नेत्र एटमको कवितासंग्रह ‘प्रिय मौनता’ विमाेचित भएको छ । राजधानीमा शनिबार अयोजित कार्यक्रमबीच कवि एटमको संग्रह सार्वजनिक गरिएको हो । संग्रहमा प्रेम र समर्पण भावका ६० कविता संग्रहित छन् ।
संग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभिप्साको उद्बोधन र उपासनाको आलोक खण्ड रहेका छन् । कार्यक्रममा कवि एलिसा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले कवि एटमका कवितावाचन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया