सोमबार, कार्तिक २६, २०८१

स्वेज नहरमा फसेको जहाज एक सातापछि निकालियो, कच्चा तेलकाे भाउ पनि घट्याे

नेपालखोज २०७७ चैत १६ गते १३:५३

कायरो । स्वेज नहरको बालुवामा फसेको ‘एभर गिभन’ जहाज करिब एक सातापछि आज निकालिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान साढे ४ बजे बालुवामा अड्किएको जहाज निकालिएको बीबीसीले समाचारमा जनाएको छ । पनामामा दर्ता भएको उक्त जहाज चीनबाट नेदरल्यान्ड्स जाने क्रममा गत मंगलबार बिहान उक्त नहरमा फसेको थियो ।

हावाको वेगका कारण ४०० मिटर लामो र ५९ मिटर चौडा रहेको उक्त जहाज नहरको वारपार तेर्सो पर्दा मार्ग अवरुद्ध भएको थियो ।

एभर गिभन जहाज फसेपछि इन्धन बोकेका ट्यांकरको ढुवानी मूल्य झन्डै दोब्बर हुनुका साथै विश्व आपूर्ति शृंखला प्रभावित बनेको थियो । जहाज निकालिएको खबरपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १ डलरले घटेको छ । -बीबीसी

प्रतिक्रिया