शान्ति समाजले राष्ट्रसंघको कार्यालयअघि प्रदर्शन गर्ने
नेपालखोज
२०७७ चैत १६ गते १५:१६
काठमाडौं । म्यानमारको सैनिक सरकारको विरोधमा मानव अधिकार तथा शान्ति समाजले भोलि अर्थात् मंगलबार दिउँसो १ बजे संयुक्त राष्ट्रसंघको कार्यालय यू एन हाउस पुल्चोक अगाडि प्रदर्शन गर्ने भएको छ । म्यानमार (बर्मा)मा जारी हत्या र दमनको विरोध एवं त्यसलाई रोक्न संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायले प्रभावकारी कदम चाल्नुपर्ने आग्रहसहित समाजले राष्ट्रसंघ अगाडि प्रदर्शन गर्न लागेको हो ।
यसअघि समाजले नेपालस्थित बर्मेली दुतावास अगाडि प्रदर्शन गरेको थियो । म्यानमारको सैनिक सरकारले शनिवार मात्र १ सय भन्दा बढी प्रदर्शनकारीको हत्या गरेको थियो । शान्ति समाज उक्त हत्याको निन्दा एवं भत्र्सना गरेको छ ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाहरुको सहभागिता रहने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया