बिहीबार, वैशाख १३, २०८१

ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोटमा शाखा रहित बैंकिङ्ग सेवा सुरु

नेपालखोज २०७७ चैत १६ गते २२:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाकोे दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवाको उद्घाटन रोल्पा नगरपालिकाका प्रमुख पूर्ण के.सी.ले गरेका थिए ।

शाखा रहित बैंकिङ्ग सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने र मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछ ।

यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ ।

प्रतिक्रिया