वामपन्थी नेता विष्णुबहादुर मानन्धरकाे निधन
नेपालखोज
२०७७ चैत १७ गते ७:३६

ललितपुर । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको सोमबार राति ८.१५ बजे निधन भएको छ । ९१ बर्षीय मानन्धर पाटन अस्पतालमा उपचाररत थिए ।
राजनीतिमा नैतिकता र त्यागबाट मात्रै शक्ति र जनविश्वास पैदा हुनसक्छ भन्नेमा दृढ विश्वास गर्नुहुने मानन्धरको अवसान मुलुकमा राजनीतिक नैतिकता समाप्तको दिशामा उन्मुख रहेको बेला देशका र वाम आन्दोलनका लागि ठूलो क्षति हो ।
उनको आज मंगलबार नै पशुपति आर्यघाटमा ८ बजे दाहसंस्कार गरिने छोरा सुनिल मानन्धरले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया