गंगामायाको जीवन रक्षाका लागि अपिल

काठमाडौं । छोराको हत्यामा संलग्नलाई कारर्वाहीको माग गर्दै आमरण अनसनमा बसेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि न्यायकालागि मानव अधिकार नामक संस्थाले अपिल गरेको छ । गत पुष ६ गतेदेखी १२ औं आमरण अनसनमा बसेकी गंगामायामो आज आज एकसय दिन पुगेको छ । संस्थाले गंगामायको न्यायको माग र जीवन रक्षा प्रति राज्य तथा सरोकारवाला निकायहरु पूर्ण उदासिन रहेको र उनको स्वास्थ्य अवस्था अत्यन्तै जटिल भएको प्रति यस संजालको गम्भिर सबैको ध्यानआकर्षण गराइएको हो ।
२०६१ जेष्ठ २४ गते तत्कालिन विद्रोहीको आवरणमा उनको कान्छो छोरा वर्ष १६ को कृष्ण प्रसाद अधिकारीको हत्या भएको थियो । हत्यामा संलग्नहरुलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दै आएकी गंगामाया अधिकारी न्याय प्राप्तिको लागी १२ औं पटक अनसन बसेकी थिइन् ।
गंगामाया अधिकारीको पति नन्द प्रसाद अधिकारी अनसनको ३३४ औं दिनमा २०७१ असोज ६ मा मृत्यु भएको थियो । संस्थाका संयोजक ईन्द्र प्रसाद अर्यालदवा जारी विज्ञप्तीमा भनेको छ ‘एउटा सामान्य नागरिकले प्रचलित कानून बमोजिम दोषि उपर कार्रवाहीको माग राख्दा जिवनै समाप्त्त हुँदा र हुन लाग्दा समेत राज्य तथा सम्बन्धीत सरोकारवाला निकाय, समुदाय र समाज वाट उपेक्षीत हुँदै जिवन समाप्त्त हुनुपर्ने अवस्था आउनु मानवीयताको कसीवाट हेर्दा अत्यन्तै दुखद अवस्था भएपनि गंगामायाको १०० दिनको अनसन र कुनैपनि समयमा जिवनै समाप्त्त हुनसक्ने अवस्थाले नेपालमा गंभिर मानव अधिकारको उलंघन हुने गरेको तथा मानविय संवेदनशिलता हराउँदै गएको प्रष्ट छ ।’

प्रतिक्रिया