वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टि
नेपालखोज
२०७७ चैत १७ गते १४:१०

काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो ।

उनको अन्यष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरालगायत नेताहरुले अन्तिम बिदाइ गरेका थिए ।

नेता मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनका इमानदार नेताका रुपमा परिचित छन् । उनको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बनाउनका लागि महत्त्वपूर्ण भूमिका छ । मानन्धर लामो समयसम्म नेकपा (संयुक्त) को महासचिव थिए ।

सम्बन्धित

प्रतिक्रिया