शुक्रबार, वैशाख ७, २०८१

साथीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ चैत १७ गते १५:१५

कपिलवस्तु । साथीको हत्या गरेको अभियोगमा रन्नित मल्लह प्रक्राउ परेका छन् । शुद्धोधन गाउँपालिका–३ मेहतिनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारत जिल्ला नौबादा बस्ने ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको अभियोगमा ३० वर्षीय रन्जित मल्लाह पक्राउ परेका हुन् ।

उनीहरुबीच एक आपसमा झगडा एवं कुटपिट हुँदा टाउकोमा चोट लागि गम्भीर घाइते भएका गंगाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी चौकी लवनीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रन्जितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया