साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

नेपालखोज २०७७ चैत १७ गते १७:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताए ।

‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भने।

प्रतिक्रिया