कोरोना अपडेट : २४ घण्टामा थपिए १६७ जना संक्रमित, ३ जनाको मृत्यु
नेपालखोज
२०७७ चैत १७ गते १८:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ११५ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या हालसम्म २ लाख ७२ हजार ७२७ पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर १३९० जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ३० पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया