मंगलबार, वैशाख ११, २०८१

युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोन थप डिभाइज थप्दै रियलमी

नेपालखोज २०७७ चैत १७ गते २०:१०

काठमाडौं । रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरुमा (रियलमी डिभाइज) थप गर्ने भएको छ ।

विश्वमा छोटो समयमा तीव्र गतिमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड ‘रियलमी’ले गत सेप्टेम्बर, २०२० मा रियलमी युआई २.० लाई नेपाली बजारमा उतारेको थियो । प्रयोगकर्ताहरुका माझ अपरेटिङ प्रणालीमा सफलताका साथ ट्रेन्डसेटिङ मोबाइल फोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरुबाट ‘जेट्’ जेनेरेसनका लागि अधिक प्रतिकृया (फिड ब्याक) प्राप्त भएको थियो ।

यसैलाई मध्यनजर गरी कम्पनीले युवा वर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न कम्पनीले नयाँ संस्करणको एन्ड्रोइड सहित अन्य नयाँ रियलमी फोनहरुमा ल्याउन लागेको हो ।

नयाँ रियलमी युआई २.० को विरासतलाई सम्मान गर्दै डिभाइजमा थप नयाँ आकर्षक सुधार जस्तै नयाँ ‘एनएआरजेटओ’ (उच्चकोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्या ब्याट्री क्षमता, सफल डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स फाइभ प्रो फाइभजी डिभाइजका लागि कम्पनीले अनुमति पाएको छ, जुन ओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ ।

रियलमी युआई २.० खुला बीटा स्टाटस
नयाँ रोडम्यापले रियलमीका ८ ब्राण्डलाई रियलमी युआई २.० को प्रारम्भिक पहुँच बीटाका लागि योग्य पुष्टि गरेको छ । उक्त सूचिमा मे र जुन २०२१ माक्रमशः सी १५ सिरिजको संस्करणको फोनलाई समेटिएको छ । रियलमी एक्स २, रियलमी ६, रियलमी सी–१२ र रियलमी सी–१५ जस्ता अन्य डिभाइजहरु पहिले नै एक्सेस प्रोग्राममा शुरु भइसकेका छन् ।

रियलमी युआई २.० रियलमी ७ लाई एन्ड्रोइड ११ ओपेन बीटा एक्सेसमा समावेश गर्छ
इच्छुक रियलमी ७ का प्रयोगकर्ताले समेत स्थिर संस्करण तयार हुनु अघि नै युआई अनुभूतिका लागि ओपन बीटा प्रोग्रामको प्रयोग गर्न सक्नेछन् ।

प्रयोगकर्ताले खुला बीटाका लागि सेटिङमा गएर ‘ट्राइल भर्जन’ माक्लिक गरेर सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ ।यसलाई शुरु गर्न अघि तपाईँको फोनमा ब्याट्री ६० प्रतिशतभन्दा बढी र मेमोरी ५ जीबी खाली हुन जरुरी छ ।


प्रतिक्रिया