शुक्रबार, जेठ ४, २०८१

नेपाली बजारमा ओप्पो ए ५७ र ओप्पो ए ७७ आउँदै, यस्ता छन् विशेषता

नेपालखोज २०७९ असार २७ गते ११:४७

काठमाडौं । विश्वव्यापी रूपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए ५७ र ओप्पो ए ७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ ।

यी दुई नयाँ स्मार्टफोन लङ लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन् । यी फोनको कार्यक्षमता मनोरञ्जनका साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन् ।

ओप्पो ए– सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरिजकोे तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाइन र फ्ल्यागसिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एकमात्र स्मार्टफोन हो । यस मोडेलमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टवेयरहरू पनि राखिएको छ ।

कम्पनीले नेपालमा ओप्पो ए ७७ र ओप्पो ए ५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ । कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलमार्फत यसको फिचर्स र स्पेकबारे जानकारी दिनेछ ।

ओप्पोबारे
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन ‘स्माइली फेस’ लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयका लागि बजारमा विभिन्न स्मार्ट उपकरण ल्याइरहेका छन् ।

आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणबाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो प्लसजस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो ६० भन्दा बढी देश र क्षेत्रमा सक्रिय छ । ओप्पोका ४०,००० भन्दा बढी कर्मचारी विश्वभरका ग्राहकका लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।

प्रतिक्रिया