आइतबार, जेठ ६, २०८१

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा आगामी बजेटका लागि सुझाव पेस

नेपालखोज २०७७ चैत १७ गते २०:२७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आगामी आर्थिक बर्षको बजेटको लागि सुझाव पेस गरेको छ । निफ्राका प्रतिनिधीहरुले अर्थमन्त्री विष्णु पौडेलसमक्ष आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम एवम् बजेटमा पूर्वाधार विकाससंग सम्बन्धित् सुझावहरु समावेश गर्न सुझाव दिएका छन ।

भौतिक पूर्वाधारको निर्माण तथा संचालनमार्फत मुलुकको सामाजिक आवश्यकताहरू पूरा गर्न, आमजनमानसहरुको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पुर्याउन पूर्वाधार विकासमा लगानीको पर्याप्त वृद्धि हुनु पर्ने पृष्टभूमिमा सार्वजनिक पूर्वाधारका परियोजनाहरुमा व्यवसायिक सम्मिश्रण आवश्यक रहेको मुख्य विषयसहित निफ्राले आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम एवम् बजेटमा सामवेश हुनु पर्ने सुझावहरु अर्थमन्त्री पौडेल समक्ष पेस गरेको हो ।

उक्त प्रस्तुतीकरणमा अर्थ मन्त्रालयको तर्फबाट राजस्व सचिव, मन्त्रालयका सह–सचिवहरु एवम् बैंकको तर्फबाट अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक वित्तीय पहुँच पुर्याउने मुख्य उद्देश्य लिई सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पूर्वाधार विकासमा नोडल संस्थाको रुपमा रही कार्य गर्न सक्ने प्रतिवद्धता जाहेर गर्दै बैंकले लिएको कार्यदिशा एवम् हालसम्म प्राप्त गरेका उप्लाव्धिहरुको संक्षिप्त विवरणसमेत पेस गरेको छ ।

प्रतिक्रिया