विज्ञापन नपाएका मिडियाले उचाले : अजोड इन्स्योरेन्स

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार बहादुर खत्रीले कुनै पनि सुचना नचुहाएको बताएका छन् । उनले भने ‘हामीले त्यस्ता प्रकारका कुनैपनी सूचना लिक गरेका छैनौँ । यो कतिपय सञ्चार माध्यमहरूले विज्ञापन नपाएका कारण उठाएको विषय मात्र हो । यदि नियामक निकायले यस बारेमा छानबिन गर्छ भने हामी स्वतन्त्र ढङ्गले अनुसन्धानलाई सघाउन तयार छौँ ।’
हिजो कम्पनीको आक्रामक कारोबार हुनु र आज हकप्रदको सूचना आउनु यो संयोग मात्र नभएर इन्साइडर ट्रेडिङ रहको कतिपय लगानीकर्ताको तर्कमा उनले यसो भनेका हुन् । गत साता ५ दिनको कारोबारमा जम्मा करिब ५८ हजार कित्ता सेयरको कारोबार भएकोमा एकाएक सोमबार एकदिन मै कम्पनीको एक लाख १७ हजार ५ सय ६६ कित्ता सेयरको कारोबार भएको थियो ।
गत साताको पहिलो कारोबार दिन चैत्र ८ गते आइतबार ७ सय १८ रूपैयाँ रहेको कम्पनीको सेयरमूल्य अन्तिम दिनसम्ममा आइपुग्दा घटेर ७ सय ६ रूपैयाँ कायम भएको थियो । तर सोमबार भने कम्पनीको सेयरमूल्य ९.९२ प्रतिशतले बढेर ७ सय ७६ रूपैयाँ पुगेको छ ।
प्रतिक्रिया