एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले सक्रिय खेलकुद पत्रकारिता गर्ने पत्रकारहरुको बृत्तिविकास गर्न भन्दै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो ।
मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्धेश्यका साथ एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ । काठमाडौंका मुलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनीक गरेको हो ।
एकेडेमीको उद्घाटन कार्यक्रमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले औचित्य समाप्त र बार्षिक कार्यक्रम सम्पन्न नगरेका संघलाई कारबाही गर्ने बताए । युवा तथा खेलकुद मन्त्रि दावा तामाङले सही तरिकाले रिपोटिङ गर्न एकेडेमीले सक्रिय पत्रकारलाई सहयोग पुग्नेमा आशावादी रहेको बताए ।
त्यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षतासमेत अभिवृद्धि गर्नुपर्ने आश्यकता रहेको औंल्याएका छन ।
प्रतिक्रिया