राजस्थानी प्रदूषित वायु नेपाल भित्रियाे

नेपालखोज २०७७ चैत १९ गते ८:०८

काठमाडाैं । बुधबार बिहान आकाश खुलेपछि  प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।  

यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका  छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।  

डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ ।  

मौसमविद्  शान्ति कँडेलले भनिन्, “आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन,  बिहीबार देखि  उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।”

प्रतिक्रिया