शनिबार, वैशाख १३, २०८२

ब्राजिलले गर्‍यो भारतीय खोप लिन इन्कार

नेपालखोज २०७७ चैत १९ गते ११:४०


भारत । भारतको कोरोना भ्याक्सिन लिनको लागि ब्राजिल सरकारले इन्कार गरिदिएको छ ।

मापदण्ड पुरा नगरी भ्याक्सिन बनाएको भन्दै ब्राजिल सरकारले यसो गरेको हो । ब्राजिलको हेल्थ रेगुलेटरले भ्याक्सिन आयात गर्नको लागि इन्कार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको भारत बायोटक नामको कम्पनीले यो भ्यासिन बनाएको थियो । ब्राजिलले भारत बायोटेकलाई एक करोड़ डोज भ्याक्सिन निर्माण गर्न अर्डर गरे पनि भ्याक्सिनको मापदण्ड पुरा नगरेको भन्दै ब्राजिलको हेल्थ रेगुलेटरले सो भ्याक्सिन लिन नमानेको हो ।

कोरोना भाइरसको संक्रमण अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै छ ।

प्रतिक्रिया