बिहीबार, वैशाख १३, २०८१

धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्कराजको १४,१८३ मत हुँदा कांग्रेसका किशोरको ११,९९८

नेपालखोज २०७९ जेठ ७ गते १२:३८

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई ९,२९५ मतका साथ अग्रस्थानमा छन् । उनले १४,१८३ मत ल्याएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका किशोर राई दोस्रो स्थानमा छन् । पछिल्लो मतपरिणामअनुसार उनले ११,९९८ मत प्राप्त गरेका छन् ।

यस्तै मेयरमै नेकपा एमालेकी मन्जु भण्डारी ९,७३५ मतका साथ तेस्रो स्थानमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशकुमार शाक्यले १,१७९ मत ल्याएका छन् ।

यसैबीच, उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघाले १४,१४८ मत ल्याएका छन् । एमालेका पदमप्रसाद लिम्बुले १३,१८३ मत ल्याएका छन् भने राप्रपाकी पुन्यमाया राईको १७२२ मत छ । स्वतन्त्र दत्तकुमार लिम्बुको २४७८ मत छ ।

प्रतिक्रिया