घनश्याम भुसाल र सुरेन्द्र पाण्डे एमालेबाट निलम्बित
नेपालखोज
२०७७ चैत १९ गते १३:५९

काठमाडौं । नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सच्चिन अन्तिम मौका भन्दै दुवै नेतालाई कारबाही गरेका छन् ।
“तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने बेहोरासमेत जानकारी गराइन्छ,” पत्रमा भनिएको छ ।
भुसालाई निलम्बनका लागि लेखिएको पत्र


पाण्डेको निलम्बनका लागि लेखिएको पत्र


सम्बन्धित

प्रतिक्रिया