महाधिवेशनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बैठक

नेपालखोज २०७७ चैत २० गते १०:०३

काठमाडौं । आगामी महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल गर्न आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ। दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने भएकाे हाे।

कांग्रेसले आगामी भदौ ७ गते १४औं महाधिवेशनको मिति तोकेकाे छ । साे मिति तय भए पनि हालसम्म जिल्लाको विवरण अध्यावधिक गर्नसमेत सकेकाे छैन ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुकाे उपस्थिति रहने बताइएकाे छ । 

बैठकमा आगामी महाधिवेशनको कार्यतालिका परिवर्तन हुनसक्ने समेत आँकलन गरिएकाे छ ।  

facebook sharing button
twitter sharing button
sharethis sharing button

प्रतिक्रिया