शुक्रबार, वैशाख १४, २०८१

नयाँ वर्षको उपलक्ष्यमा ओपो ए१२ ३ जीबी नयाँ आकर्षक मूल्यमा

नेपालखोज २०७७ चैत २० गते १३:२४

काठमाडौं । ओपोले नजिकिँदो नेपाली नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३ जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १६ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले रु. १४ हजार ९ सय ९० मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ ।

सन् २०२० को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ । ओपोले आउँदा दिनमा नयाँ बर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ ।
डिस्प्ले :
ओपो ए१२ ३ जीबीको डिस्प्लेको कुरा गर्दा यसमा ७२० गुणा १५२० पिक्सेल्ससहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानलसहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेसियो ८९ प्रतिशत छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि–टच, ईन–सेल, २.५डी कर्भड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री ।
क्यामेराः
ओपो ए१२ ३ जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३ एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराकारुपमा २.० एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टचटू–फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५ एमपी क्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।
हार्डवेयर तथा सफ्टवेयर :
ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी ६७६५भी/सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३ जीबी  र्‍याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् ।

फोनमा रियर माउण्टेड फिंगर प्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधा पनि उपलब्ध छ । फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथयसमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

प्रतिक्रिया