नेता भुसाल र पाण्डे निलम्बनको खनाल-नेपाल समूहद्वारा निन्दा
नेपालखोज
२०७७ चैत २० गते १५:२०

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको निलम्बनप्रति निन्दा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले उक्त कदमको भर्त्सना गरेको नेता भीम रावलले बताए ।
अध्यक्ष केपी शर्मा ओलीको ‘कथित’ कारबाहीले पार्टीको सिद्धान्त मिचिएको उनले बताए । “यो केपी शर्मा ओलीको अरुमाथि लाद्ने निरंकुश, स्वेच्छाचारीको द्योतक हो,” उनले भने ।
बिहीबार ओलीले भुसाल र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया