सगरमाथा आरोहणका लागि थप २९ जनालाई अनुमति

नेपालखोज २०७७ चैत २० गते २०:०५

काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शुक्रवार थप २९ जनाले अनुमति लिएका छन् । शुक्रवार चार समूहका ६ जना महिला र २३ जना पुरुषले सगरमाथा आरोहणका लागि अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जनाकारी दिए ।

शुक्रवारसमेत गरी आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या एक सय एक पुगेको पर्यटन विभागले जनाएको छ ।

त्यस्तै आउँदो सिजनमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अहिलेसम्म २४ समूहका एक सय ८० जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये एक सय २७ पुरुष र ५३ जना महिला रहेका पर्यटन विभागकी निर्देशक आचार्यले जानकारी दिए।

आउँदो सिजनको आरोहणबापत सरकारले अहिलेसम्म १४ करोड १३ लाख ७३ हजार दुई सय १९ रुपैयाँ रोयल्टी प्राप्त गरेको छ । वसन्त ऋतुको वैशाख–जेठ हिमाल आरोहणको मुख्य सिजन हो ।

प्रतिक्रिया