प्राधिकरणकाे समय सकिनै लाग्दा विपद् व्यवस्थापन सम्बन्धी सीप हस्तान्तरण

ललितपुर । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो समयावधि सकिन लाग्दा स्थानीय तहहरुलाई विपद् व्यवस्थापन सम्बन्धी सीप हस्तान्तरण गर्न थालेको छ । विपद् व्यवस्थापनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई सक्षम बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरी सीप हस्तान्तरण गरेको हो ।
ललितपुरमा शुक्रबार सम्पन्न भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठिमा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रशिक्षणमा पाएको ज्ञानले आफ्नो क्षेत्रमा आइपर्ने विपद् व्यवस्थापन गर्न सजिलो हुने बताएका छन् ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले स्थानीय स्तरमा विपद् व्यवस्थापन गर्न बजेट अभाव हुने भए पनि स्थानीय श्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै आएको बताएका छन् । यस्तै केही नीतिगत कुराहरुमा पनि स्पष्ट हुने मौका पाएको जनप्रतिनिधिहरुले बताएका छन् ।
पुननिर्माण प्राधिकरणले दिएको प्रशिक्षण प्राकृतिक विपद् व्यवस्थापन, मानव सृजित विपदको व्यवस्थापन र सङ्कट व्यवस्थापन समेतलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सहयोग पुग्नेछ । प्राधिकरणले विभिन्न चरणमा ५९ वटा कार्यशाला सञ्चालन गरेको छ । हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति हुने संवैधानिक व्यवस्था पनि रहेको छ ।


प्रतिक्रिया