राष्ट्रपतिले निवासमै भेटिन् झलनाथ खनाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालबीच भेट भएको छ । राष्ट्रपति भण्डारी खनाललाई भेट्न शनिबार उनकै निवास डल्लु पुगेकी हुन् । शनिबार करिब ४ बजे राष्ट्रपति भण्डारी खनाल निवास पुगेकी हुन् ।

भेटपछि खनालले आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । ‘मलाई खुशी लागेको छ । मैले उहाँलाई हार्दिक स्वागत गरें। परिवारको तर्फबाट पनि स्वागत गरे’, खनालले आफ्नो निवासमा उपस्थित पत्रकारहरूलाई भने ।
खनालले अहिलेको वर्तमान स्थितिको बारेमा पनि कुरा भएको बताए । ‘उहाँले (राष्ट्रपतिले) पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्। सुदृढ भएर जाओस् मेरो त्यही चाहना छ भन्नुभयो’, खनालले भने ।
उनीहरूबीच खनालको स्वास्थ्य स्थितिको विषयमा पनि कुरा भएको थियो । पछिल्लो समय खनालको स्वास्थ्यमा केही समस्या देखिएको छ। उनी केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा उपचार गरेर फर्किएका थिए ।

प्रतिक्रिया