विदेशमा ज्यान गुमाएका नेपालीकाे १७ वटा शव विमानस्थलमा, सरकारकाे आँखा रेमिट्यान्समा

नेपालखोज २०७७ चैत २२ गते १३:१३

काठमाडाैं । वैदेशिक रोजगारीमा गएका विभिन्न मुलुकमा ज्यान गुमाएका सत्र नेपालीकाे शव काठमाडाैं आइपुगेको छ । 

विभिन्न समयमा १७ वटा शव नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएकाे छ । शव आइतबार विमानस्थल आाइपुगेकाे हाे । मलेसियामा मृत्यु हुनेकाे संख्या मात्रै १२ रहेकाे छ । विदेशमा श्रम गर्न गएका नेपालीहरु मर्ने क्रम राेकिएकाे छैन । मलेसियाबाट १२, कतारबाट २, टर्कीबाट ३ जनाको शव नेपाल आएकाे विमानस्थल स्रोतले जनाएकाे छ ।

विमानस्थलमा आइपुगेका शवहरूमध्ये केही गोरखा जिल्लाको पनि रहेको थियो । 

शव बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराई पनि विमानस्थल पुगेका थिए । मृतकहरु गाेरखा जिल्लाका पनि रहेका थिए ।

सरकारकाे आँखा नेपालीले कमाएकाे विदेशी मुद्रामा रहे पनि नेपालीले विदेशमा ज्यान गुमाउँदा भने माैन रहिरहेकाे छ ।

प्रतिक्रिया