प्रतिनिधिसभा सदस्यमा जानकीदेवीले लिइन् शपथ
नेपालखोज
२०७७ चैत २२ गते १४:१६

काठमाडौं । एमाले नेतृ जानकीदेवी रामले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिएकी छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले समावेशी समूह दलितबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सिरहाकी जानकीदेवी रामलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सानु शिवाको निधनका कारण रिक्त रहेको समावेशी समूह दलितबाट समानुपातिकतर्फको सांसदमा जानकीदेवी रामलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेका थिए ।
एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शिवापछि समावेशी समूह दलिततर्फको कोटामा रामको नाम समावेश थियो ।
सम्बन्धित

प्रतिक्रिया