शनिबार, जेठ ४, २०८२

नेपाल राष्ट्र बैंककी निर्देशक रेग्मी पक्राउ

नेपालखोज २०७७ चैत २३ गते १३:०८

काठमाडौ । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौ अनुसार रेग्मीलाई आईतबार काठमाडौको दरबारमार्गबाट पक्राउ गरिएको हो । उनी बिरुद्ध उनकै आमा ८४ वर्षिय शोशा रिजालले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको परिसरले जानकारी दिएको छ ।

परिसरका अनुसार रेग्मीले आफ्नै आमाको माछापुच्छ्रे बैंककोलकरमा रहेको गरगहना, सिर्जना फाईनान्स, बिभिन्न सहकारी संस्थाहरु रहेको सेयर समेत गरी झण्डै तीन करोड रुपैयाँ भन्दा बढी हडपेको अनुसन्धानबाट खुुलेको छ । पक्राउ परेकी रेग्मी बिरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा अनुसन्धान भईरहेको छ । पक्राउ परेकी रेग्मी उपर आईतबार नै काठमाडौ जिल्ला अदालतबाट दुई दिनको लागि म्याद थप गरी अनुसन्धान भईरहेको परिसरले जानकारी दिएको छ ।

प्रतिक्रिया