सुनचाँदी महासंघको नयाँ कार्यसमिति अध्यक्षमा रमेश महर्जन
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् । महासंघको सातौं वार्षिक साधारण सभाबाट महर्जनसहित प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमर नाथ गुप्ता निर्वाचित भएका हुन् । यस्तै, महासचिवमा किसान सुनार, सचिवमा निरबहादुर धमला र टंक बहादुर बराईली, कोषाध्यक्ष केशर बहादुर वि.क. र सह– कोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।
यसै गरी कार्य समिति सदस्यमा गंगाराम रसाईली, विष्णुभक्त बराईली, दिपक धनुके, कमल प्रसाद लामिछाने, जगत बहादुर सुनार, दिपक कुमार सुनार, प्रेम बहादुर वि.क., देवीलाल वि.क. चुनिका छन् । श्याम कुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोम बहादुर वि.क., आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्वि बहादुर वि.क., पर्वलाल शर्मा कोइराला, तिलक वि.क., त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाईली, सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।
प्रतिक्रिया