प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०७९ जेठ २३ गते ६:३६

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

प्रतिक्रिया