पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

नेपालखोज २०७७ चैत २३ गते १४:३५

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएपछि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा खनाल-नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् । स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ र २ रुपैयाँ बढेको छ । कार्यविधि कार्यान्वयन गर्दा साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेका छौं ।

नयाँ खुद्रा बिक्री मूल्य क्रमशस् पेट्रोल १ सय २० र डिजेलर मटितेल १०३ र १०३ रुपैयाँ कायम गरिएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया