नेपालस्थित पाकिस्तानी दूतावासद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण
नेपालखोज
२०७७ चैत २३ गते १९:१५

काठमाडौं । नेपाल स्थित पाकिस्तानी दुतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दुतावासले सोमबार एक कार्यक्रमको आयोजना गरि ५ सय ५० जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।
नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेको जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ । विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर दुतावाशले हरेक वर्ष छात्रवृत्ति दिदै आएको छ ।
कार्यक्रममा राजदुत शैयद हैदर शाहले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास लिइएको बताए ।
सम्बन्धित

प्रतिक्रिया