आइतबार, जेठ ६, २०८१

साँग्रिला डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७७ चैत २३ गते २१:२५

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले सोमबार काठमाडौंस्थित लैनचौर बैंकेटमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले हाल कायम रहेको चुक्ता पुंजी दुई अर्ब ६० करोड, ६६ लाख ४० हजार चार सय रुपैयाँ मध्येबाट पाँच प्रतिसत वोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभाले कर प्रयोजनको लागि हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट शुन्य दशमलव २६ प्रतिशत नगद लाभांस वितरण गर्ने समेतको प्रस्ताव पारित गरेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी देशभर ९५ वटा शाखा कार्यालयहरु एवं ३१ वटा एटिएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यासलाई पालना गरेको जानकारी पनि बैंकले दिएको छ ।

प्रतिक्रिया