मंगलबार, वैशाख ३०, २०८२

म्यानचेस्टर सिटीलाई थाेरै सहज

नेपालखोज २०७७ चैत २५ गते ८:४२


इङ्लिस प्रिमियर लिगमा उपाधि नजिक रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको पनि उपाधि यात्रातर्फ अघि बढिरहेको छ । 

 च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिले लेगको खेलमा सिटीले जित हात पारेको छ । सिटीले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–१ ले हराउँदै सेमिफाइनलको यात्रालाई सहज बनाएको छ । 

घरेलु मैदानमा भएको खेलमा सिटीको जितका लागि  केविन डी ब्रुयना र फिल फोडिनले गोल गरे । बोरुसियाका लागि मार्को रेउसले एक गोल फर्काए ।

१९औँ मिनेटमा डी ब्रूयनाले गोल गरेर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८४ औँ मिनेटमा एर्लिङ्ग ब्राउट हल्याण्डको सहयोगमा मार्कोले गोल गरी खेल बराबरीमा ल्याए ।

९०औँ मिनेटमा फोडिनले गोल गरेपछि सिटी जित हात पार्न सफल भयो।  


दोस्रो लेग १५ अप्रिलमा बोरुसियाको मैदानमा हुनेछ । 

प्रतिक्रिया