मंगलबार, वैशाख ३०, २०८२

श्रीलंका पुलिसविरुद्ध आर्मीको ५-१ को फराकिलो जित

नेपालखोज २०७७ चैत २५ गते २१:५०

काठमाडौं । एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५(१ गोल अन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा आर्मीले सहज जित निकालेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठले दुई गोल गरे भने सन्तोष तामाङ, टंकबहादुर बस्नेत, सुदिल राईले एकएक गोल गरे । खेलको सुरुमै श्रीलंकाका इभान्सले एक गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा श्रीलंकाले अग्रता लिएको थियो । उसका लागि खेलको २८ औं मिनेटमा इभान्सले पहिलो गोल गरेका थिए । त्यसपछि लगातार नेपालले पाँच गोल गरेको हो ।

खेलको ४१, ४३, ५०, ८३ मिनेटमा नेपालले लगातार गोल गरेको हो । खेलको इन्जुरी समयमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५–१ को अग्रता दिलाएका हुन् ।

आर्मीले अर्को खेल वैशाख १ गते भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया