शुक्रबार, जेठ ३, २०८२

राजश्व छली गर्ने अभिनास इन्टरनेशलविरुद्ध पाँच करोड रुपैयाँ बिगो सहित कैद माग गर्दे मुद्दा

नेपालखोज २०७७ चैत २६ गते १०:४९


काठमाडौं । नक्कली भ्याटबिल मार्फत राजश्व छली गर्ने अभिनास इन्टरनेशलविरुद्ध पाँच करोड रुपैयाँ बिगो सहित कैद सँजायको माग गर्दे मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकले झुट्टा तथा नक्कली मुअ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने पर्सा जिल्ला, बेलवा गा.वि.स.–छ बस्नेअ भिनास इण्टरनेश्नल प्रा.लि.को सञ्चालक प्रविन्द्र साह गोढ समेतबाट पाँच करोड २९ लाख ८५ हजार एक सय २९ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी यही चैत २४ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।


बिभागका अनुसार अभिनास इण्टरनेश्नल प्रा.लिका सञ्चालक प्रविन्द्र साह तथा उक्त फर्मको बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी समेतले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको देखिएको छ ।

तL कम्पनीहरुले विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजी गरी प्रपञ्च रचीमूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ । सोही आधारमा प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरीमु.अ.कर तर्फ एक करोड ८९ लाख ४२ हजार नौ सय ३२ रुपैयाँ, आयकर तर्फ दुुई करोड ९७ लाख १५ हजार आठ सय ३१ र लाभांस कर तर्फ ४३ लाख २६ हजार तीन सय ६५ रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले अभिनास इण्टरनेश्नल प्रा.लिका सञ्चालक प्रविन्द्र साह गोढ तथा उक्त फर्मको बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी समेतलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारवाहीको माग गर्दे मुद्धा दायर गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया