मंगलबार, वैशाख ३०, २०८२

इटालियन सिरी ए फुटबलमा युभेन्टसकाे जित

नेपालखोज २०७७ चैत २६ गते ११:१६

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । बुधवार राति भएको खेलमा युभेन्टसले नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

खेलको ७३ औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्टसको अग्रता २-० को बनाए । त्यसपछि खेलको इन्जुरी समयमा नापोलीका लोरेन्जोले पेनाल्टीमा एक गोल फर्काएपनि युभेन्टस २-१ ले विजयी भयो ।

जितपछि युभेन्टसले २९ खेलमा ५९ अंक जोडेको छ । युभेन्टस लिगको तेस्रो स्थानमा रहेको छ । नापोली ५६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया