बिहीबार, वैशाख १३, २०८१

नेपाली चलचित्र ‘रिभेन्ट’ को फर्स्ट लुक सार्वजनिक

नेपालखोज २०७७ चैत २६ गते १२:२१

काठमाडौं– डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमन कुमार देवको निर्माणमा तयार भएको नेपाली फिल्म ‘रिभेन्ट’ को फर्स्ट लूक पोस्टर सार्वजनिक भएको छ । यो फिल्म शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भैरहेको छ । पोस्टरले फिल्मको छवि उजागर गरेको निर्देशक अधिकारीको भनाइ छ ।

फिल्ममा खगेन्द्र घिमिरे ,रोशन बिसि, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा, रेनु थापा, माया चाहर, पदम सुनार, आर जे भिलेनको मुख्य अभिनय रहेको छ । यो फिल्ममा कृष्ण पाण्डेको छायांकन, राजन महर्जनको नृत्य, देव महर्जनको द्वन्द, सानू सबिकको ड्रोन, बिश्वास भण्डारीको सम्पादन रहेको छ ।

फिल्मका गीतहरुमा नित्याशिवा, दिपक लिम्बु, पूर्ण सापकोटा र दिलु श्रेष्ठको रहेको छ । फिल्ममा सिएल शर्मा, निर्देशक अधिकारी, राजु लामा तथा पूर्ण सापकोटाको संगीत रहेको छ भने निर्देशक अधिकारी, सुभाष गौतम, इन्द्र श्रेष्ठ सरितले ती गतिहरु रचना गरेका हुन् । पृष्ठभूमि संगीत राजेन्द्र बजगाईंको रहेको छ । फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । फिल्मलाई अगामी असारमा प्रदर्शन गर्ने योजन निर्माण पक्षको छ ।

प्रतिक्रिया