सूचना-प्रविधिको सम्बन्धमा सरकारले पेस गर्न लागेकाे विधेयक संसद्‌काे कार्यसूचीबाट हट्याे

नेपालखोज २०७७ चैत २६ गते १३:३६

काठमाडौं । सूचनाप्रविधिको सम्बन्धमा सरकारले पेश गर्न लागेकाे विधेयक संसदकाे कार्यसूचीबाट हटेको छ ।

सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेश गर्ने भनिएकाेमा नेपाली कांग्रेसले यसमा विराेध जनाएकाे थियाे । कांग्रेसले यसलाई सच्याएर मात्र प्रतिनिधिसभाको बैठकमा पेश गर्न सरकारलाई दबाब दिएकाे थियाे ।

साे कार्यसूचिप्रति प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँ वानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेका हुन् । सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले भने अन्तिमसम्म सूचना प्रविधि विधेयकको प्रतिवेदन पेश गर्नैपर्ने अडान जारी राखेका थिए ।

प्रतिक्रिया