मंगलबार, जेठ ८, २०८१

‘अप्रिल, अप्रिल, दिन दुम्मा सिल, जग कान लुरा डिग वार्ट जग विल !’

नेपालखोज २०७८ चैत १८ गते १८:३३

काठमाडौं । अप्रिल १ का दिन संसारभर मूर्ख दिवस मनाइन्छ । यो दिन मानिसहरु एक-अर्कालाई अप्रिल फुल बनाउँछन् । यो दिनलाई मानिसहरु निकै रमाइलो ढंगले सेलिब्रेट गर्छन् । देशअनुसार अप्रिल फुल मनाउने तरिका पनि अनौठो हुन्छ ।

फ्रान्स
फ्रान्समा एउटा अलग ढंगले अप्रिल फुल मनाइन्छ । यो दिनलाई त्यहा ‘पोइसन डी’एभिल’ भनिन्छ । यो दिन स्कुले केटाकेटीहरु कागजको माछा बनाएर थाहा नपाउने गरी साथीभाइको ढाडमा टाँसिएक‍ो हुन्छ उसले थाहा पाएपछि उसलाई सबैले ‘पोइसन डी विल’ भन्दै जिस्क्याउँछन जसको अर्थ हुन्छ- ‘अप्रिल माछा’ ।

ग्रिस
ग्रिसमा के मान्यता छ भने अप्रिल फुलको दिन कसैलाई मूर्ख बनाउन सकियो भने त्यो वर्षको भाग्य सुधारिन्छ । यसका साथै के पनि भनिन्छ भने अप्रिल फुल बनाउने व्यक्तिले पूरै वर्ष राम्रो फसल उब्जाउँछ ।

ब्राजिल
ब्राजिलमा एक अप्रिललाई ‘ओ दिया दास मेन्टायर’ भनिन्छ । यसको अर्थ हो – ‘झुट को दिन’ । ब्राजिलमा मानिसहरु यो दिन कसैलाई नोक्सान नपुर्याइ सफेद झुट बोल्छन् । ब्राजिलमा १८२८ देखि नै यो दिन मनाइँदै आएको छ । त्यतिबेला ए मेन्टिरा नामक एक पत्रमा ब्राजिलका सम्राट तथा संस्थापक डन पेड्रोको मृत्यु भएको कुरा लेखिएको थियो । जब मानिसहरुले सत्य कुरा थाहा पाए तब उनीहरुले यसलाई रिस वा आक्रोशको बीउ बनाएनन्, मजाकका रुपमा लिए । त्यतिबेलादेखि नै ब्राजिलमा अप्रिल फुल मनाउन थालिएको हो ।

आयरल्यान्ड
आयरल्यान्डमा अनौठो किसिमले मूर्ख दिवस सेलिब्रेट गरिन्छ । यहाँ पनि मानिसहरु एक-अर्कालाई मूर्ख बनाउँछन् । खास कुरा के भने यसरी मूर्ख बननउने काम केवल दिउँसोसम्म मात्र हुन्छ त्यस पछि कसैले यस्तो काम गरे उसलाई पागल मानिन्छ । यसका अतिरिक्त आयरल्यान्डको मिडियाले पनि झुटो खबर दिएर मानिसहरुलाइ मूर्ख बनाउँछ ।

स्कटल्यान्ड
स्कटल्यान्डमा मूर्ख व्यक्तिलाई अगोक भनिन्छ । यो दिनलाई यहाँका बासिन्दा हन्ट द गोक डेका रूपमा पनि चिन्छन् । यो दिन झुटो हल्ला फैलाएर पनि मानिसहरुलाई बेवकुफ बनाइन्छ । यो दिनको भोलिपल्ट मानिसहरु टेली डे मनाउँछन् जसमा उनीहरु एक-अर्काको पछाडि पुच्छर झुन्डाइ दिन्छन् ।

स्विडेन
स्विडेनमा कसैलाई मूर्ख बनाउन सकियो भने ‘अप्रिल, अप्रिल, दिन दुम्मा सिल, जग कान लुरा डिग वार्ट जग विल !’ (‘April, April, din dumma sill, jag kan lura dig vart jag vill!’) भनेर गिल्ला उडाइन्छ जसको अर्थ हुन्छ ‘अप्रिल, अप्रिल, तिमी बेबकुफ भयौ, म तिमीलाई कहीँ पनि छल गर्न सक्छु ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया