कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

नेपालखोज २०७७ चैत २६ गते १४:१२

काठमाडौं । नेपाली कांग्रेसको भोलि (शुक्रबार) बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । शुक्रबारका लागि बोलाइएको बैठक चैत ३० गते सोमबारसम्मका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसअघि चैत २० गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया