शनिबार, वैशाख १३, २०८२

पछिल्लो चौबीस घण्टामा ३३२ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ चैत २६ गते १८:०८

काठमाडौं । पछिल्लो चौबीस घण्टामा थप ३३२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ६ नमूना पीसीआर परीक्षण गराउँदा ३३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७९ जना डिस्चार्ज भएका छन् । यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ । मन्त्रालयका अनुसार २४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

हाल ७७ जना क्वारेन्टाइन र २४ सय ५४ जना क्वारेन्टाइमा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

प्रतिक्रिया