शुक्रबार, जेठ ३, २०८२

एक करोड ठगी गरी फरार भएका बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ

नेपालखोज २०७७ चैत २६ गते २१:०७

काठमाडौं । एक करोड रुपैयाँ ठगी गरी फरार भएका प्रतिवादी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार ठगी गरी फरार भएका ३५ बर्षिय अभियुक्त महेश्वर प्रसाद घिमिरेलाई बिहीबार टोखा नगरपालिका ४ बाट पक्राउ गरिएको हो ।

कोईरालाका अनुसार घिमिरे उपर २०७७ माघ १२ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्धामा पक्राउ पुर्जी जारी गरेको थियो । सो पश्चात फरार रहेका प्रतिवादी घिमिरेलाई पक्राउ लगत्तै थप अनुसन्धानको महानगरीय प्रहरी परिसर टेकु पठाएको प्रवक्ता कोईरालाले जानकारी दिए ।

प्रतिक्रिया