बूढानीलकण्ठबाट निस्केला त सत्ता समीकरणकाे निष्कर्ष ?

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा आज अपरान्ह ३ बजेका लागि तीन दलको बैठक डाकेका छन् । काँग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी आज सत्ता समीकरणका लागि बैठक बस्दैछ । देउवाले सत्ता समीकरणका लागि महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्न बैठक डाकेकाे जनाइएकाे छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए अनुसार बैठकमा सत्ता समिकरणकै विषयमा कुराकानी हुनेछ । बैठकमा तीनवटै दलका शिर्ष नेताहरु सहभागी हुनेछन् । बैठकमा देउवाले सत्ता समीकरणका लागि न्यूनतम सहमतिको बिन्दुबारे प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेकाे पनि शर्माले जनाएका छन् । बैठकमा कांग्रेसको नेतृत्वमा सरकार निर्माणबारे प्रस्ताव प्रस्तुत हुने आँकलन गरिएकाे छ ।
नेपाली कांग्रेसले सत्ता समीकरणकाे बारेमा यसअघि नै चासाे राख्दै आएकाे थियाे । शर्माकाे अनुसार कांग्रेसकाे नेतृत्वमा सरकार बन्ने अवस्थामा सहमतीमा टुंगाे लाग्नेछ ।

प्रतिक्रिया