प्रधानमन्त्रीले ‘रअ’ को प्रमुखलाई भेट्नु आपत्तिजनक
काठमाडौं । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ ।
२३ जना नागरिक अगुवाले आज एक अपिल प्रकाशित गरी विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने बताएका छन् ।
‘‘प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारी सहित शिष्टाचार भेट हुनु पर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नु भयो त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिंदैन’ अपिलमा भनिएको छ ।
प्रधानमन्त्रीले बुधबार राति रअका प्रमुख गोयलसँग बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो । विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई शिष्टाचार भेट भन्न नसकिने पनि उनीहरुले बताएका छन् ।
प्रतिक्रिया