पुनः नियुक्ति पश्चात चार मन्त्रीले लिए गोपनीयताको शपथ

नेपालखोज २०७७ चैत २७ गते २०:०१

काठमाडौँ । सांसद पद खारेज भएर पुनर्नियुक्ति पाएका चार मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा नवनियुक्त मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी र शहरी विकासमन्त्री प्रभु साहलाई शपथ ग्रहण गराएकी हुन् ।

माओवादीले दल त्याग गरेका सांसदहरूको पद खारेजीका लागि संसद् सचिवालयलाई पत्र लेखेको थियो । उक्त पत्रअनुसार चारैजनाको सांसद पद बिहीबार खारेज भएको थियो । दलसम्बन्धी ऐनमा एक दलबाट निर्वाचित भएको सांसदले अर्को दलमा प्रवेश गरेमा पद खारेज हुने र त्यसमा अर्को निर्वाचन हुने व्यवस्था छ ।

-तस्बिर रासस

प्रतिक्रिया