शुक्रबार, वैशाख १४, २०८१

किन भएन रुकुम पूर्वमा पत्रकार महासंघको चुनाव ?

नेपालखोज २०७७ चैत २८ गते ८:००

रुकुम । देशैभर पत्रकार महासंघको चुनावको नतिजा सार्वनिक हुँदै गदौ रुकुम पूर्वमा भने नेपाल पत्रकार महासंघको चुनाव नै भएन । महासंघको चुनाव नहुने एक मात्र जिल्ला रुकुम पूर्व बनेको छ ।

मुलुक संघियतामा रुपान्तरण भएसँगै २०७४ सालमा साविक रुकुमबाट टुक्रिएको रुकुम पूर्वमा महासंघको शाखा गठन हुन नसकेपछि चुनाव नभएको हो । ‘२०७३ सालमा ७ औं जिल्ला अधिवेशन हुँदा साविकको रुकुम जिल्लाबाट पत्रकारिता गर्ने जम्मा ४ जना पत्रकार थिए’ रुकुम पश्चिमका पुराना पत्रकार हरि गौतमले भने, ‘२०७४ सालमा जिल्ला छुट्टिँदा पनि अवस्था उस्तै भयो । शाखा स्थापनाका लागि १९ जना नयाँ सदस्यता थप भएर आयो तर अहिलेको अधिवेशनको समय तालिका नजिक आइ सकेकोले त्यहाँ शाखा गठन हुन सकेन र पश्चिम रुकुमको शाखामा आएर मतदान गर्नुभयो ।’

पश्चिम रुकुम शाखामा ओली समूह , प्रेस सेन्टर र प्रेस युनियनसहितका संगठन चुनावी प्रतिस्पर्धामा रहेका थिए । प्रेस युनियनका लक्ष्मण केसी ६० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका छन् । तर उनका प्रत्यासी प्रेस सेन्टरका हरि गौतमले ४७ मत ल्याए ।

प्रतिक्रिया